
काठमाडौं, २८ भदौ । एसिया कपको फाइनल प्रवेशका लागि आज बिहीबार पाकिस्तान र श्रीलंका भिड्दैछन् ।
श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । आजको खेल दुवै टिमको लागि महत्वपूर्ण रहेको छ । पाकिस्तान र श्रीलंकाबीचको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्न पाउनेछ ।
श्रीलंकाले सुपर फोरमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । यसअघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो ।
त्यस्तै पाकिस्तानले पनि एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो ।
भारतले सुपर फोरमा आफ्ना दुवै खेल जितेर फाइनलमा स्थान सुरक्षित गरिसको छ भने बंगलादेशले सुपर फोरका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । यद्यपी सुपर फोरको अन्तिम खेलमा भोलि शुक्रबार भारत र बंगलादेश खेल्ने छन् ।
एसिया कपको फाइनल खेल भदौ ३१ गते आइतबार हुनेछ ।















प्रतिक्रिया