
काठमाडौं, २७ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ६१ केजी सुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीले ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाउँदै २९ जनाविरूद्व मात्रै मुद्दा चलाउन राय दिएको छ ।
प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेकाका छन् भने १८ जना फरार रहेका छन् । ५० जनामध्ये सीआईबीले २९ जनालाई मात्रै मुद्दा चलाउन राय दिएको हो ।
जसमा पक्राउ परेका २५ जना र फरार सुचीमा रहेका चारजनाविरुद्ध मात्रै मुद्दा चलाउने राय सीआईबीले सरकारी वकिललाई दिएको हो।















प्रतिक्रिया