७ कार्तिक २०८३, शनिबार

ढाकाकुमारको आरोपबारे बोल्यो रास्वपा, प्रमाणसहित आए ७२ घण्टाभित्र कारबाही गर्ने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले लगाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पार्टीले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट निष्काशित ढाकाकुमारले मन्त्री बनाउन पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड मागेको आरोप लगाएपछि रास्वपाले आपत्ति जनाएको हो ।

पार्टीले प्रमाणसहित जो कोही आएपनि ७२ घण्टाभित्र कारबाही गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।

‘बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ । तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसंग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले ढाकाकुमारसँग तीन करोड मागेको आरोप लागेका केन्द्रीय सदस्य थापासँग पनि सोधपुछ् र अनुसन्धान अगाडि बढाइएको बताएको छ ।