
काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
सीआईबीले आज जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै ५० जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।
सीआईबीकी निर्देशक किरण बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका जानकारी दिँदै १४ विदेशी र ४ नेपाली फरार रहेको बताइन् ।
सीआईबीले उनीहरूविरूद्व भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन राय दिएको छ ।
अनुसन्धानबाट तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको सीआईबीले उल्लेख गरेको छ । सीआईबीले रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ ।















प्रतिक्रिया