
लुम्बिनी, २७ भदौ । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यको जानकारीका लागि प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।















प्रतिक्रिया