काठमाडौँ, १९ जेठ । राजा वीरेन्द्रको पुण्यतिथिको अवसरमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको राजाको सालिकमा बत्ती बालेर पूजापाठ, पुष्पगुच्छा अर्पण गरी पुण्यतिथि मनाइयो ।
सहकालका देव, स्वर्गका राजा इन्द्रको नित्य पूजा भइरहने श्री स्वर्गपुरी मन्दिरको परिसरमा रहेको सो सालिकमा मन्दिरका नित्य पुजारी तथा अध्यक्ष अच्युतप्रसाद भण्डारीले पूजापाठ गर्नु भएको थियो ।
आज बिहान वार्षिक पुण्यतिथिको अवसरमा सम्बोधन गर्दै भण्डारीले राजारानी स्वर्गबास भएपछि २०५९ पुस १४ गते मन्दिरको परिसरमा सालिक राखिएको जानकारी दिनुहुँदै ‘सत्यबोल धर्म गर’ भन्ने राजा वीरेन्द्रमा दयाभाव भएको बताउनुभयो । रासस















प्रतिक्रिया