
काठमाडौं, २६ भदौ । दिवंगत नेकपा (एमाले) का उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अस्पताल पुर्याउँनुअघि नै प्राण गइसकेको अस्पतालले जानकारी दिएको छ ।
बालुवाटारस्थित घरकै बाथरूममा बेहोस भेटिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल विज्ञप्ति जारी गर्दै अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको हो।
निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति जारी गर्दै राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको जानकारी दिँदै जाँच गर्दा कुनै चाल नदेखिएपछि बताएका छन् ।
‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि बिहान ३ बजे नेम्वाङलाई मृत घोषित गरिएको विज्ञप्तिमा भनिएको छ ।
















प्रतिक्रिया