७ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्वाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालयमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरिर पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुर्‍याइएको छ ।

उनको शव श्रद्वाञ्जली अर्पणका लागि पार्टी कार्यालयमा पुर्‍याइएको हो । नेता-कार्यकर्ता एवम् आम नागरिकले नेम्वाङलाई पार्टी कार्यालयमा पुगेर श्रद्वाञ्जली अर्पण गरिरहेका छन् ।

गएराति हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको भोलिमात्रै अन्त्येष्टि गरिने बताइएको छ । विदेशमा रहेका उनका दुई छोराहरू फर्किएपछि मात्रै उनको अन्त्येष्टि हुने भएको हो ।