
काठमाडौं, २६ भदौ । साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट पीडित पराजुलीको आज बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो ।
निमोनियाले ग्रस्त भएपछि उनलाई सोमबार राति अस्पताल पुर्याइएको थियो। उनको मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको हो। उनी ५८ वर्षका थिए।
पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् । यस्तै उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी लगायतमा लामो समय काम गरेका थिए ।
पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।















प्रतिक्रिया