७ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङको असामयिक निधनले मर्माहत भएको छु: प्रधानमन्त्री प्रचण्ड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले मर्माहत भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेम्वाङप्रति श्रद्वाञ्जली अर्पण गर्दै उनको निधनले मर्माहत भएको बताएका हुन् ।

प्रचण्डले शोकाकुल परिवारजनमा समवेदनासमेत प्रकट गरेका छन् ।

‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन् ।