पाल्पा १९ जेठ । पाल्पामा जंगलमा सडेको र किरा परेको सडेर किरा परेको अवस्थामा फेला परेका शवको पहिचान भएको छ ।
शव जिल्लाको जल्पा गाविस वडा ४ मैदानका २८ वर्षिय देवबहादुर हिस्कीको भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि भाउजु कुमारी हिस्कीलाई शवको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
जिल्लाको बौघापोखराथोक गाविसको वडा ८ आरुगैरा स्थित जंगलमा शव फेला परेको थियो । शव सडेको र किरा परेको अवस्थामा फेला परेको घट्ना स्थल पुगेका प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाले जानकारी दिए । गञ्जी र जाँगे लगाएको अवस्थामा शव फेला परेको थियो ।
शव एक हप्ता पहिलेको हुनसक्ने सिम्खडाले बताए । जंगलमा घाँस काट्न गएका स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शव जंगलमा रहेको झाडीको बीचमा आइतबार फेला परेको थियो । उनको मादक पदार्थ सेवन गरेको अवस्थामा आफै लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।















प्रतिक्रिया