३ कार्तिक २०८३, मंगलबार

मेरा लागि नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्योः केपी ओली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभइ नेम्वाङ आफ्ना लागि हितैषी मित्र र सुख दुःखको साथी थिए भन्दै लोकतान्त्रिक संविधान निर्माण गर्न उनले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !’ अध्यक्ष ओलीले भनेका छन् ।