
काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन परेको छ ।
नेम्वाङ र राईविरूद्व एन्फामा आवद्ध ४९ सदस्य संघ तथा क्लबले निवेदन दिएका हुन् । एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार सहितका नेताहरु एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता गरेका हुन् ।
नेम्वाङ र राईविरूद्व बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायत १९ वटा आरोप लगाइएको छ ।
प्रस्ताव दर्ता भएपछि विधानको धारा ४१ अनुसार नेम्बाङ र राई स्वत: निलम्बनमा पर्नेछन् । अविश्वासको प्रस्ताव दर्ता हुन साधारणसभामा उपस्थित दुईतिहाइ सदस्यको हस्ताक्षर आवश्यक पर्छ । एन्फाको साधारणसभामा ८६ सदस्य छन् ।















प्रतिक्रिया