२८ कार्तिक २०८३, शनिबार

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ भदौ । समाजवादी मोर्चाले आज सोमबार विराटनगरमा सन्देश सभा गर्दैछ । प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले आज कोशीको विराटनगरमा सन्देश सभा गर्न लागेको हो ।

विराटनगरस्थित होटल मनास्लुमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने कार्यक्रमलाई मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

उनका अनुसार सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।

मोर्चाले कार्यक्रमका लागि चारवटै पार्टीलाई १-१ हजार अगुवा कार्यकर्ता ल्याउन सर्कुलर गरेको बताइएको छ ।