७ कार्तिक २०८३, शनिबार

भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्यो: प्रधानमन्त्री प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन् ।

समाजवादी मोर्चाले बागमती प्रदेश अन्र्तगत आईतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्ट्राचारविरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडेको बताएका हुन् ।

यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम सुरु गर्ने आफ्नो योजना अनुुरुप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । प्रधानमन्त्रीले सरकार भ्रष्ट्राचारलाई निर्मुल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनैपनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे ।

हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । सरकारको अभियानबाट आतिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुुन्न तल्लिन रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘सरकारले जसरी एकपछि अर्को भ्रष्ट्राचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन् । उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्ट्राचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढंगबाट लगिने छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

सरकार देश र जनताको पक्षमा काम गर्न जुनसकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्ट्राचारको विरुद्ध, जनजीविका, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताए । सरकारले सुरु गरेका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतिएको उल्लेख गर्दै उनले यो अभियान सबै नेपाली जनताको भएकाले साथ र समर्थन गरेर सरकारलाई अझै उर्जा थप्न आग्रह गरे ।

सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको सरकारको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको उल्लेख गरे । समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका लागि जन्मिएको बताए ।

मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उल्लेख गरे । गणतन्त्रलाई बुर्जुवाहरुको मात्र हुन नदिनका लागि समाजवादी पक्षधरहरु एकजुट भएर मोर्चाबन्दीमार्फत् मैदानमा उत्रिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।