काठमाडौँ, १९ जेठ । काठमाडौंको कालिमाटीबाट खैरो हिरोइन बोकेका एक जनालाई महानगरीय प्रहरीले सोमबार पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका घर भएका २५ बर्षीय सुदिप सुवेदीलाई प्रहरीले लागू औषध खैरो हिरोइन १.८० ग्राम र लागू औषध प्रोसिमन क्याप्सुल १३ वटा सहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार कालिमाटी स्थित सडक पेटीमा शंकास्पद
अवस्थामा फेला पारी चेकजाँच गर्दा लगाएको पाईन्टको खल्ती भित्र प्लाष्टिकमा पोको पारी सलाईको बट्टाभित्र लुकाई राखेको अवस्थामा उक्त खैरो हिरोइन र प्रोसिमन क्याप्सुल बरामद भएको थियो ।















प्रतिक्रिया