७ कार्तिक २०८३, शनिबार

कोशीमा काँग्रेससँग सहकार्यका लागि संवाद भइरहेको छ: प्रदीप ज्ञवाली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने एमालेको चाहना रहेको भन्दै सम्बाद भइरहेको बताएका हुन् ।

अहिले प्रारम्भीक चरणको छलफलमा केही संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ ।

ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखे ।

कोशीमा मध्यावधि हुने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।