१ कार्तिक २०८३, आइतबार

सडक बिग्रिएपछि प्रयोगविहीन बन्यो बेलिब्रिज, ज्यानको माया मारेर यात्रा गर्छन स्थानीय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २४ भदौ । बर्षाका कारण सडक बिग्रिएपछि मुगु सुकाढीकको झुगोलास्थित नव निर्मित बेलिब्रिज प्रयोगविहीन भएको छ ।

गत बैशाखको तेस्रो सातामा निर्माण कार्य सम्पन्न भै उद्घाटन पश्चात सवारी साधन ओहोर दोहोर हुदै आएको बेलिब्रिज बर्षाले खत्याडका विभिन्न ठाँउमा सडक बिगारेपछि दुई महिनादेखि प्रयोगविहीन बनेको हो ।

करिव ३ करोड ६० लाखको लागतमा निर्माण गरिएको बेलिबृजले सिङ्गो खत्याड गाँउपालिकाका ११ वटै वडाका बासिन्दाहरुलाई सुविधा दिनुको साथै बाजुरा लगायत सुदूरपश्चिमबाट रारा आउने पर्यटकहरुलाई समेत सहज हुन थालेको थियो ।

कर्णाली करिडोरसँग मुगु जिल्ला जोड्ने बेलिबृज बनेपछि रारा आउने पर्यटक लगायत मुगु सुदूर पश्चिमसँग समेत जोडिएको थियो । असारको तेस्रो साताबाट आएको अविरल बर्षाले खत्याड गाँउ पालिकाको ठाँउ ठाँउमा आएको बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि अहिले मानिसहरुलाई समेत जरुरी कामले ओहोर दोहोर गर्न समेत निकै मुस्किल हुने गरेको छ ।

भत्केको सडक बनाउने काममा खत्याड पालिकाले समयमै चासो नदेखाँउदा खत्याडवासीलाई आवत जावत गर्न सकस भएको सर्वसाधारणहरुको गुनासो छ ।

सडक बिग्रिएपछि बिरामीलाई जिल्ला बाहिर र स्थानीय अस्पतालसम्म पनि लैजान मुस्किल हुने गरेको छ । बर्षा नरोकिएकाले सडक सुधार गर्दा फेरी पहिरो जान सक्ने भएकाले बर्षा रोकिएपछि तत्काल सडक मर्मत गर्ने खत्याड गाँउपालिकाले जनाएको छ ।