७ कार्तिक २०८३, शनिबार

कोशी प्रदेशका प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी, हट्यो बजेट विहीनता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् ।

अध्यादेश जारी भएसँगै बजेटविहीनता अन्त्य भएको छ । प्रदेश प्रमुखले आर्थिक अध्यादेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० जारी गरेका हुन् ।

गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो ।

अध्यादेश जारी भएसँगै बजेट बिहीनताको अवस्था सकिएको हो ।