७ कार्तिक २०८३, शनिबार

प्रश्न सोधेको भन्दै मेयर हर्कले थुनाए, वडाध्यक्षले छुटाए

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २४ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गरेको भन्दै पक्राउ परेका युवक रिहा भएका छन् ।

आफूलाई प्रश्न गरेको भन्दै मेयर साम्पाङले प्रहरीको जिम्मा लगाएका धरान उपमहानगरपालिका १५ का अशोक लिम्बुलाई प्रहरीले रिहा गरेको हो । उनलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले रिहा गराएका हुन् ।

शुक्रवार एक कार्यक्रमकाबीचमा ति युवकले मेयर साम्पाङलाई प्रश्न गरेका थिए । उनले आफ्ना वडाका जल्दाबल्दा समस्यामा चाहिँ ध्यान नदिएको, डेंगीविरुद्ध अभियान चलाएर फोटो खिचाएको भनी आलोचना गरेपछि नगर प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

अशोकसहितको टीमले चन्दा उठाएर मिर्गौला पीडित असहाय परिवारको उपचारमा सहयोग गरेको र त्यसबेला महानगर नआएको अहिले आएर उनीहरूको फोटो खिचेको भन्दै आशोकले मेयर हर्कलाई प्रश्न गरेका थिए ।

मेयर हर्कले भने अशोकले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । उनले गुण्डागर्दीविरुद्धको आफ्नो अभियान नरोकिने बताएका छन्।