
काठमाडौं, २४ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित चीनको राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओ त्सेतुङको समाधिस्थल (पार्थिव शरीर) राखिएको स्थलको अवलोकन गरेका छन् ।

आज बिहान आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित महासचिव पोखरेलले माओ त्सेतुङको समाधिस्थल राखिएको स्थलको अवलोकन गरेका हुन् ।

माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेका पोखरेलसहित भ्रमण टोलीका नेताहरुले पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।
यसअघि हिजो शनिबार महासचिव पोखरेलको टोलीले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेका थिए ।

उच्चस्तरीय भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेताहरु सहभागि छन् ।












प्रतिक्रिया