
काठमाडौं, २४ भदौ । जारी एसिया कप क्रिकेटमा श्रीलंकासँग पराजित हुँदै बंगलादेश बाहिरिएको छ ।
सुपर फोरमा लगातार दुई खेल हारेको बंगलादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।
गएराति सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो । बंगलादेश ४८.१ ओभरमा २ सय ३६ रनमा अलआउट भयो ।
यसअघि बंगलादेश सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।















प्रतिक्रिया