२८ कार्तिक २०८३, शनिबार

बागमती प्रदेशका सभामुखले बोलाए सर्वदलीय बैठक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ भदौ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

बागमती प्रदेश सभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेश सभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले आज बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा आइतबार बिहान ११ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको हो । गत असार २२ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेश सभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।