६ कार्तिक २०८३, शुक्रबार

पोखराबाट काठमाडौं आएर युवतीले गरिन् आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideकाठमाडौँ, १९ जेठ । पोखराबाट अध्ययनका लागि काठमाडौं आएकी एक युवतीले सोमबार आत्महत्या गरेकी छिन् ।

काठमाडौंको शंकरापुर नगरपालिका–१० सलेम्बुटार सुस्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसमा पिसिएल दोस्रो बर्षमा अध्ययनरत पोखरा बिरौटा घर भएकी १८ बर्षीया बिमला नेपाल झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

उनलाई सोमबार क्याम्पसको छात्राबासको दोस्रो तलामा रहेको कोठामा सिलिङ फ्यानको हुकमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।