१ कार्तिक २०८३, आइतबार

सञ्जु न्यौपानेले ल्याइन् नयाँ तीज गीत ‘ए आमा हो’

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुले तीज सम्बन्धित नयाँ गीतहरु बजारमा ल्याइरहेका छन् ।

यसैक्रममा गायिका सञ्जु न्यौपानेले पनि तीजको अवसरमा नयाँ गीत ‘ए आमा हो’ बजारमा ल्याएकी छन् । सुमधुर स्वरमा रहेको तीज गीतमा उनलाई गायक आरबी सेन्चुरीले साथ दिएका छन् । आरबीकै शब्द रहेको गीतमा दुर्गा दाहालको एरेन्ज रहेको छ ।

गीतको भिडियोलाई गायिका न्यौपानेले नै निर्देशन गरेकी हुन् । गीतको भिडियोमा न्यौपानेसँगै गंगा जोशी, भगवती धिताल, ग्याबिन रिमाल, विदिशा न्यौपाने जेसी र अरविन्द्र ढकालको अभिनय देख्न सकिन्छ । गीतमा यसपटक पनि तीजमा माइती घर आउन नपाइएको दुखेसो पोखिएको छ ।

मान्छे नचिनेर प्रेम विवाह गर्दा धोका पाइएको र त्यसले निम्ताएको समस्या गीतमार्फत देखाउन खोजिएको छ ।