६ कार्तिक २०८३, शुक्रबार

चेलिबेटी बेचबिखन रोक्न तातोपानी र बाह्रविसेमा केआई नेपालको निगरानी बिट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ki-nepal-ktmकाठमाडौं, १९ जेठ । मानव बेचविखनविरुद्ध कार्यरत गैरसरकारी संस्था के आई नेपालले सिन्धुपाल्चोकमा आफ्नो शाखा विस्तार गरेको छ ।

गत वैशाख १२ र २९ गतको विनाशकारी भूकम्पको विपत्तिका समयमा पीडित परिवारका चेलिबेटीहरु बेचविखनको उच्च जोखिममा रहेको भन्दै के आई नेपालले सिन्धुपाल्चोकको बाह्रविसे र तातोपानी नाकामा निगरानी थालेको हो ।

विपत्तिका बेला दलालहरुले उपचार तथा सहयोगको बहानामा नेपाली चेलीहरुलाई सीमा कटाउने भएकाले महिला तथा बालबालिका मन्त्रालयको सहकार्यमा सिन्धुपाल्चोकको बाह्रविसेमा शाखा कार्यालय विस्तार गरी तातोपानी नाकामा निगरानी बढाइएको के आई नेपालका केन्द्रीय कार्यक्रम संयोजक राधिका गिरीले जानकारी दिनुभयो ।

‘भूकम्पबाट बढी प्रभावित जिल्ला सिन्धुपाल्चोक भएकाले त्यहाँबाट बसाइसराई उपचार लगायत अन्य कारणले नेपाली चेलीहरु बेचविखनको जोखिममा छन्, महिला आयोगको तथ्याङ्कमा पनि सिन्धुपाल्चोक लगायत केही जिल्लालाई सम्वेदनशील नाका मानिएको छ ।’ उहाँले भन्नुभयो-‘मन्त्रालयकै तथ्याङ्क अनुसार सम्वेदनशील नाकाका रुपमा सिन्धुपाल्चोकलाई छनोट गरेर शाखा विस्तार गरी निगरानी सुरु गरेका छौं ।’

के आई नेपालले नेपाल र चीनबीच जोडिएको काठमाडौंको मुख्य नाका तातोपानीमा निगरानी विटै स्थापना गरेको छ । महिला तथा बालबालिका मन्त्रालयका अनुसार अहिले देशभरीका २० जिल्ला बेचविखनको उच्च जोखिममा छन् ।

के आई नेपालले सिन्धुपाल्चोकसँगै चितवनको आप्टरीलाई जोखिम क्षेत्र मानेर निगरानी बढाएको छ । केही दिनमै काठमाडौंको फर्पिङमा पनि सीमा निगरानी बढाईने कार्यक्रम संयोजक गिरीले बताउनुभयो ।

के आई नेपालले देशैभरी मानव बेचविखनविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ । बेचविखन परेका पीडितलाई समाजमा सीप सिकाई पुनस्र्थापना समेत गराईदिने गरेको छ ।