१ कार्तिक २०८३, शनिबार

एसिया कप सुपर फोरको दोस्रो खेलमा आज श्रीलंका र बंगलादेश भिड्दै

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । जारी एसिया कप-२०२३ को सुपर फोरको दोस्रो खेलमा आज शनिबार श्रीलंका र बंगलादेश भिड्दैछन् ।

कोलम्बोको आर प्रेमदास रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । यसअघि जारी एसिया कपको समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा पनि वर्षाको सम्भावना रहेको बताइएको छ । यसअघिका खेलहरुमा पनि वषा हुँदा खेल प्रभावित हुँदै आएको छ ।

सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । सुपर फोरमा भोलि आइतबार पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, मंगलबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ भने बिहीबार पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । शुक्रबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

सुपर फोरमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्ने छन् । फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।

समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका थिए भने समुह ‘ए’ बाट पाकिस्तान र भारत फोरमा पुगेका थिए ।

समूह ‘ए’बाट नेपाल र ‘बी’बाट अफगानिस्तानको समूह चरणमै एसिया कपको यात्रा समाप्त भएको थियो ।