३ कार्तिक २०८३, मंगलबार

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पहिलो चरणको मन्त्रिमण्डल गठन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

जसअनुसार तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका हुन् । यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् ।

उनीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।