
काठमाडौं, २२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्की नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको फैसलासँग नेपाली काँग्रेसका उद्दव थापा मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
थापाले संसदबाट असंवैधानिक रूपमा विश्वासको मत लिएको ठहर गर्दै सर्वोच्च अदालतले थापालाई पदमुक्त गरेको हो ।
सर्वोच्चले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो ।















प्रतिक्रिया