
काठमाडौं, २२ भदौ । नेपाल महिला आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ ।
पराजित भएसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना चकनाचुर भएको छ । नेपाल सेमिफाइलमा थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो ।
नेपाललाई पराजित गरेसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।















प्रतिक्रिया