
काठमाडौं, २२ भदौ । सरकारले निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना उत्कृष्ट कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ ।
बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
सरकारले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय गरेको थियो ।
सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन ।












प्रतिक्रिया