
सिरहा, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिरहा जाने भएका छन् । सिरहाको लहान नगरपालिका वडा नं-१४ स्थित प्रदीप गिरीको प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री सिरहा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा स्वर्गीय गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख लिम्बुले जानकारी दिएका छन् ।
आज स्वर्गीय गिरीको आश्रम लहान-१४ मा प्रथम वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
लहान-१४ को खुट्टी खोलाको छेउमा गिरी २०४६ सालपछि बस्दै आएको ठाउँ जसलाई प्रदिप गिरीको आश्रम भनेर चिनिने गरिन्छ । स्वर्गीय गिरीलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ ।
बौद्धिक नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा २०७९ साल भाद्र ४ गते राति ७५ वर्षको उमेरमा निधन भएको हो ।











प्रतिक्रिया