३ कार्तिक २०८३, मंगलबार

सहमहामन्त्री यादवमाथि आक्रमण र बालिकाको मृत्यु प्रकरणको जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र बिशेष समयमा आक्रमणको बिषयलाई लिएर सांसदहरुले आवाज उठाएपछि सभामुख घिमिरेले यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

त्यस्तै सभामुखले कान्ति बाल अस्पतालमा ५ वर्षीया बालिकाको मृत्यु भएको घटनाका बिषयमा समेत जानकारी गराउन सरकारलाई निर्देशन दिए ।

बैठकमा सांसदहरुले यादवमाथिको आक्रमण र बालिका मृत्युको घटनामा छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।