६ कार्तिक २०८३, शुक्रबार

जन्तीमा आएका मजदुरको रथले थिचेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biha_New
फाइल तस्वीर

गौशाला, १९ जेठ । महोत्तरीको लोहारपट्टि गाविसमा गए राति जन्तीमा आएको एक मजदुरको रथमा थिचिएर मृत्यु भएको छ ।

बेहुला बसेर आएको बिआर३०बी ०७८३ नंको टाटा भ्यान रथसँगै आएको नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय रथका खलासीको सोही रथ धमौरा गाविस– ६ मा पल्टिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

गए राति भारत विहारको मनपौरबाट जन्ती लिएर महोत्तरीको लोहारपट्टि– ९ स्थित नथुनी दासको घरमा जन्ती आएको थियो । शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

चारचक्के मोटरगाडीमाथि बनाइएको सो रथ पल्टिँदा रथका चालक भारत विहारको सिरसिया बस्ने ३० वर्षीय सुरेश महतो पनि गम्भीर घाइते भएकाले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । रासस