२८ कार्तिक २०८३, शनिबार

कांग्रेस सहमहामन्त्री यादवको शल्यक्रिया सफल, गर्धनमा टाँका लगाइयो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको शल्यक्रिया पश्चात् रक्तश्राव रोकिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेडेण्ट डा. बद्री रिजालले टाउकोको भागमा रहेको घाउलाई न्युरो सर्जरीका विज्ञ चिकित्सकले शल्यक्रिया गरेपछि रक्तश्राव रोकिएको र टाँका लगाइएको जानकारी दिए ।  डा. रिजालका अनुसार यादवको स्वास्थ्य अवस्थास्थिर रहेको छ ।

यादवलाई अहिले अब्जरभेसनका लागि ट्रमा सेन्टरको आईसियुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उनको भनाइ छ ।

सहमहामन्त्री यादवमाथि हिजो बुधबार काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । उनीमाथि सांघातिक आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यक्रम सकेर बाहिरिँदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।