६ कार्तिक २०८३, शुक्रबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १९ जेठ । मोरङको उर्लाबारीमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उर्लाबारी– ३ निवासी १९ वर्षीय सवीन पौडेलको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ४७८३ नंको मेट्रो डिलक्सले दक्षिणबाट उत्तरतर्फ गइरहेको मे२प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनापछि गम्भीर घाइते बनेका पौडेलको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताउनुभयो ।

सोही मोटरसाइकलको पछाडिपट्टि बसेका उर्लाबारी– ३ निवासी २८ वर्षीया उमा निरौला र इलाम, साखफारा–५ निवासी २६ वर्षीय चित्र राई घाइते भएकाले उनीहरुको उर्लाबारी– २ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । बस तथा बसका चालक विराटनगर– २ निवासी ४८ वर्षीय सोमनाथ नेपाललाई नियन्त्रणमा लिइएको बताइएको छ ।