२८ कार्तिक २०८३, शनिबार

विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।

पार्टीको बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा तुलसी भट्टराई, डा विष्णुविभु घिमिरे, डा वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल छन् । विपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए ।