२८ कार्तिक २०८३, शनिबार

पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोज्दैछन्ः मन्त्री किराँती

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको टिप्पणी गरेका छन् ।

खेमराज गुरुङ ट्रष्टले बुधबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको बताए ।

उनले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको उनले बताए ।

उनले संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको भन्दै मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएकाले त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्रान्डिङ गर्न सक्नुपर्ने उल्लेख गरे ।

मन्त्री किराँतीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको समेत टिप्पणी गरे । उनले श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने भन्दै सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए ।