२८ कार्तिक २०८३, शनिबार

यादवमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न कांग्रेसको माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।

बुधबार दिउँसो यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको थियो । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादवको ट्रमा सेन्टर उपचार भइरहेको छ ।

यादवलाई आक्रमण गर्ने नुवाकोटका ४७ वर्षीय श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।