२८ कार्तिक २०८३, शनिबार

माओवादी हेटौंडा नगर अध्यक्ष नमुना पाण्डे एमालेमा प्रवेश

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र)को हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

आज बुधबार दिउँसो भक्तपुर स्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे एमाले प्रवेश गरेकी हुन् । उनलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे ।

एमाले प्रवेश गर्दै पाण्डेले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताइन् । माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेको भनाई थियो ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं मकवानपुर इन्चार्ज देवी ज्ञावली, एमाले सचेतक महेशकुमार बर्तौला, एमाले बागमती प्रदेश सदस्य नारायणप्रसाद सापकोटा, बलराम बल लगायत एमाले मकवानपुरका नेताहरुको सहभागिता रहेको थियो ।