
काठमाडौं, २० भदौ । आज सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द पनि बन्द हुने भएको छ ।
आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएको हो ।
अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । हिजो मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा अडिएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।











प्रतिक्रिया