२ कार्तिक २०८३, सोमबार

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करी

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हवाना, २० भदौ । मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्‍याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो ।

युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारवाही गरिने विदेश मन्त्रालयले एक वक्तव्य निकालेर चेतावनी दिएको छ ।

गत शुक्रबार मियामीको अमेरिका टेभि अखबारमा दुई जना क्युवाली किशोरले आफूहरू ठगिएको तथा युक्रेनमा निर्माणस्थलमा रूसी सेनाको साथमा काम गर्न बाध्य पारिएको बताउँदै आफूहरूको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको समाचार छापिएपछि मानव तस्करीबारे खुलेको हो भने क्युवा सरकारले पनि आफ्नो भनाइ मंगलबार सार्वजनिक गरेको हो ।

एक जना पीडितले आफू सुत्न नसकेको तथा आफूमाथि कुटपिट भएको दाबी गरेका छन् । पीडितहरूलाई रुसमा वैधानिक रुपमा बस्न रुसी सेनामा संलग्न गराइएको दस्तावेजमा हस्ताक्षर गराइएको समाचारमा बताइएको छ । यद्यपि यससम्बन्धमा मस्कोबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन । एएफपी