६ कार्तिक २०८३, शुक्रबार

प्रेम प्रस्ताव अस्वीर गर्दा युवतीको पेटमा छुरा प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

churaपर्सा, १९ जेठ । पर्साको लालपर्साबाट गएराति युवतीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–२४ निवासी २० वर्षीय रोमा कुमारीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले स्थानीयवासी २५ वर्षीय रामप्रसाद साहलाई पक्राउ गरेको हो ।

राती ८ः३० बजे घरबाट बाहिर निस्किएकी रोमाको पेटमा साहले छुरा प्रहार गरी घाइते बनाई फरार भएपछि उनलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी रोमालाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको प्रवक्ता ओलीले बताउनुभयो । घाइते रोमाको आन्तरिक रक्तस्राव भएको कारण थप उपचारका लागि राति नै वीरगन्जकै नेसनल मेडिकल शिक्षण अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

रोमा कुमारीले प्रेम प्रस्ताव अस्वीकार गर्दा साहले बदला लिन छुरा हानेको वयान प्रहरीलाई दिएका छन् । पक्राउ परेका साहमाथि जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस