रातो सारी, रातै ब्लाउज, हातमा बाला, खुट्टामा पाउजु, हरियो चप्पल लगाएकी गहुँगोरी महिलाको शनिबार राति हत्या !
सर्लाही, १९ जेठ । एक महिलाको शव सनाखत नहुँदा सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल परिसरमा दुर्गन्ध फैलन थालेको छ ।
तीन दिनअघि ईश्वरपुर नगरपालिका–३ स्थित सागरनाथ जङ्गलमा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा २० देखि २५ वर्ष उमेरकी महिलाको शव फेला परेको थियो ।
हाल सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालस्थित शवगृहमा राखिएको शव सनाखत हुन नसकेको प्रहरीनायब उपरीक्षक रमेश खड्काले जानकारी दिनुभयो ।
रातो सारी, रातै ब्लाउज, हातमा बाला, खुट्टामा पाउजु, हरियो चप्पल लगाएकी गहुँगोरी महिलाको शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रनाउ खड्काका अनुसार विभिन्न रेडियो एवम् पत्रपत्रिकामा हुलियासहित समाचार प्रकाशन प्रसारण गर्दा र विभिन्न प्रहरी इकाइमा सञ्चार गर्दासमेत सनाखतका लागि कोही पनि सम्पर्कमा आएका छैनन् । रासस















प्रतिक्रिया