
काठमाडौं, १९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको ६० केजी सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुन पनि जोडिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनसँग बयान लिएको छ । अनुसन्धानका क्रममा उनी पनि जोडिएको पाइएपछि सीआईबीले बयान लिएको हो ।
सुन तस्करी प्रकरणमा भएको संलग्नतालाई पुष्टि गर्ने थप प्रमाण फेला परेमा दीपेशलाई पक्राउ गर्ने समेत तयारी रहेको सीआईबी स्रोतले बताएको छ ।















प्रतिक्रिया