७ कार्तिक २०८३, शनिबार

दुर्गम क्षेत्रका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी (भिडिओसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी भएको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले निगम आफैँले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको र उक्त जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्ने बताए ।

हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर भएकाले सबै दुर्गममा उडान गर्न कठिन भएकाले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मन्त्री किराँतीले भैरहवा र पोखर गरी दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा आन्तरिक विमानस्थलको भरपूर सदुपयोगका लागि पहल भइरहेको उल्लेख गरे ।

उनले ३५ सालको पुरानो पर्यटन ऐनलाई संशोधन र परिमार्जन गरी समयसापेक्ष नयाँ ऐन ल्याउन मन्त्रालयले काम गरिरहेको जानकारी दिए । बैठकमा सांसदहरुले दवाबका भरमा आन्तरिक बिमानस्थल निर्माण भएपछि सञ्चालन गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा राखेका थिए ।

त्यस्तै उनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।