७ कार्तिक २०८३, शनिबार

तिलिचो ताल भन्दा पनि अग्लो स्थानमा अर्को ताल भेटियो

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । सबैभन्दा अग्लो स्थानमा रहेको तालको परिचय बनाएको मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला परेको छ ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल फेला परेको हो। स्थानीयमाझ कुन्ख्येन फालक नामले चिनिने यो ताल समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा रहेको छ ।

यो ताल तिलिचोभन्दा दुई सय ७१ मिटर अग्लो स्थानमा रहेको दाबी गरिएको छ । गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखिएको छ ।

यस तालको प्रमाणीकरण अब राज्यको आधिकारिक निकायले गर्ने बताएको छ ।