७ कार्तिक २०८३, शनिबार

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेट हेर्न जनकपुरका विद्यालय दिउँसो २ बजेपछि छुट्टि दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ।

यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि उपमहानगरपालिकाले दिउँसो २ बजेपछि विद्यालय बन्द गरेको थियो ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ।