३ कार्तिक २०८३, मंगलबार

तनावमा छन् बालेन, जुम्ल्याहा छोरी जन्मिएकामा एकको मृत्यु

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन् ।

यसैबीच मेयर बालेनले मानसिक तनावमा रहेका खुलेको छ । बालेनकी पत्नी सविना काफ्लेले केही दिनअघि जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् । तर हाल एकजना छोरी मात्रै जिवित छिन् ।

एक छोरीको मृत्यु भइसकेको खुल्न आएको हो । जसले गर्दा उनी पुत्री शोकमासमेत छन् । एकजना छोरीको पनि मेडिसिटी  अस्पतालमा एनआईसीयूमा राखेर उपचार भइरहेको छ । भने आमा सविनाको पनि स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ ।

सविनाले छोरीलाई सामान्य रूपमा जन्म दिएकी होइनन् । बच्चा पेटमै रहँदा अस्वस्थ देखिएपछि सात महिनामै मेडिसिटी अस्पतालमा शल्यक्रिया गरेर केही दिनअघि जन्म दिइएको थियो । आमा सविना भने अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् ।

पारिवारिक तनावमा रहेका बालेनकी श्रीमती सविना काफ्नो अस्पतालबाट फर्किने क्रममा प्रहरीले रोकेर अनावश्यक केरबार गरेपछि बालेनले सरकारप्रति आक्रोश पोखेका पाइएको हो ।