६ कार्तिक २०८३, शुक्रबार

द्वन्द्वका बेला बन्द बाटो पुनः निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १९ जेठ । द्वन्द्वको समयमा सुरक्षाको कारण बन्द भएको जिल्लाको सूर्यदल गर्ण तथा सेराडिल ब्यारेक आसपासको बाटो पुनः निर्माण सुरु गरिएको छ ।

नजिकै सैनिक ब्यारेक भएको कारण द्वन्द्वकालमा तारबार लगाइएको कारण बन्द दुई किलोमिटर लामो गोरेटो बाटो पुनः निर्माण सुरु गरिएको हो ।

सेराडिलदेखि निरयघाटसम्मकोे उक्त बाटोका पुनः निर्माणमा नेपाली सेना, मुक्तिशान्ति टोल विकास समिति, सूर्यदल गण, सेभ द युथ र स्थानीयवासीको सहकार्यमा अहिले बाटोमा सिँढी चिन्ने, झाडी पन्छाउने तथा खन्ने काम भइरहेको छ ।

बाटो बनेपछि श्रीनगर टोलको सेराडिलदेखि निर्यघाटसम्म आवतजावत गर्न सहज हुने मुक्तिशान्ति टोल विकास समितिका अध्यक्ष भरत पुरीले जानकारी दिनुभयो ।

यसअघि पनि बागलुङ नगरपालिकाको ४५ हजार सहयोगमा सिँढी चिन्ने काम भएको भए पनि बजेट अभावमा बाँकी रहेको थियो ।

बाँकी खण्डको निर्माणमा जुटेको बाटो निर्माण समितिका अध्यक्ष मनिष रायमाझीले बताउनुभयो ।